Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने


एजेन्सी। इण्डोनेसियाले २०३० सम्ममा औलो मुक्त स्थिति प्राप्त गर्न आफ्नो उपायहरूलाई तिब्र बनाएको छ ।

हाल देशको पूर्वी क्षेत्र पपुवामा केसहरू घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । दक्षिणपूर्वी एशियाली देशमा भारतपछि एशियामा दोस्रो सबैभन्दा बढी औलोका केसहरू रहेको रिपोर्ट गरिएको छ । यद्यपि इण्डोनेसियामा २०२२ मा लगभग ४ लाख ४३ हजारबाट घटेर २०२३ मा लगभग ४ लाख १८ हजार छ । विश्व स्वास्थ्य संगठनको २०२४ को रिपोर्टअनुसार गत दशकमा औलो नियन्त्रणमा इण्डोनेसियाको उपलब्धिहरूको प्रशंसा गरिएको थियो ।

यद्यपि गत वर्ष लगभग ५ लाख ४३ हजार केसहरूमा वृद्धि भएका थिए । त्यस यता देशमा औलोका केसहरू निरन्तर बढेका छन् । देशको स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्याङ्कको आधारमा लामखुट्टेबाट सर्ने रोगको राष्ट्रिय भारको ९० प्रतिशतभन्दा बढी योगदान पपुवा क्षेत्रले गर्छ । यस वर्ष अधिकारीहरूले ८० लाख मलेरिया परीक्षणको लक्ष्य राखेका छन् । जुन गत वर्ष गरिएको ४३ लाख परीक्षणको तुलनामा लगभग दोब्बर हो ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?