Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरीः खेलकुदमन्त्री चौधरी


काठमाडौँ। युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिए । उनले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गरे । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुने बताए । नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिए । नेपाल स्काउटको श्रोत र सम्पतीलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिएका छन् ।

मन्त्री चौधरीले भने, ‘नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी छ । समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको छ । नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्दछ । नयाँ ऐन जारी भएपश्चात तीन तहकै सरकारले थप जिम्मेवारी महशुस गरी कार्य सम्पादनमा सहायता हुनेछ । विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुन्छ । हामीले विपद् व्यवस्थापन तालिमलाई थप प्रदान गर्नसकेको खण्डमा आपत्कालीन अवस्थामा स्काउटले महत्वपूर्ण भुमिका खेल्नेछ । यस विषयमा सरकारको तर्फबाट थप लगानी र सहयोगका लागि भुमिका खेल्नेछु । नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न हालको नेतृत्वलाई निर्देशन दिन चाहन्छु । नेपाल स्काउटको श्रोत र सम्पतीलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन निर्देशन गर्दछु ।’

मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारको लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिए । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताए । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने बताए । नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पुर्याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?