५ ,श्रावण ,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा आज आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र
५ ,श्रावण ,काबुल । खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला सशक्तीकरणमा खर्च हुने गरी उक्त सहायता
५ ,श्रावण ,काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक्षण प्रक्रिया भने शुरु गरिसकेको छैन ।
५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन् । उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने धारणा राखे । पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले त्यसो
५ श्रावण, एजेन्सी । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको अपीलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ
५ श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था
५ श्रावण, काठमाडाैँ । सिसडोलमा स्थानीय बासिन्दा र नेपाल प्रहरीबिच झडप भएको छ । शुक्रबार काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा २ समूहबिच झडप भएको हो । शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लगिएको थियो । तर, स्थानीयहरूले अवरोध गरेपछि स्थितिले झडपको रूप
५ श्रावण, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्र्रियामा उनले भने, “विज्ञान–प्रविधिको युगमा
५ श्रावण, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सङ्घीय कानुन व्यवसायी सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उदघाटनमा उनले नेपालमात्रै नभई संसारभर ठूला–ठूला परिवर्तनमा कानुन व्यवसायीको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरे । अध्यक्ष यादवले सङ्घीय प्रणालीको प्रभावकारी
५ श्रावण, जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, “सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका