Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु


१२ श्रावण, काठमाडाैँ । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छभने ४० जनाको उद्धार गरिएको छ । बयालीस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए ।

तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेका आशङ्का गरिएको छ ।

बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा वर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?