Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन सरकारले दियो ९ दिनको सीमा


१२ श्रावण, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई नौ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा र सुगममा कार्यरत कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाउन नौ दिनभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको छ ।

कर्मचारी सरुवामा देखिएको विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा मन्त्रालयले सूचना जारी गरेको मन्त्रालयका उपसचिव खिलराज राईले जानकारी दिए ।

निजामती सेवा ऐनमा उल्लिखित व्यवस्था अनुसार विभिन्न भौगोलिक क्षेत्रका कार्यालयमा कार्य गर्न इच्छुक भएका कर्मचारीले पिआइएस अद्यावधिक गरी नौ दिनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सरुवा व्यवस्थापनका लागि प्रत्येक निजामती कर्मचारीले आफ्नो सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नसमेत निर्देशन गरेको राईले बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?