Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन सरकारले दियो ९ दिनको सीमा


१२ श्रावण, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई नौ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा र सुगममा कार्यरत कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाउन नौ दिनभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको छ ।

कर्मचारी सरुवामा देखिएको विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा मन्त्रालयले सूचना जारी गरेको मन्त्रालयका उपसचिव खिलराज राईले जानकारी दिए ।

निजामती सेवा ऐनमा उल्लिखित व्यवस्था अनुसार विभिन्न भौगोलिक क्षेत्रका कार्यालयमा कार्य गर्न इच्छुक भएका कर्मचारीले पिआइएस अद्यावधिक गरी नौ दिनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सरुवा व्यवस्थापनका लागि प्रत्येक निजामती कर्मचारीले आफ्नो सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नसमेत निर्देशन गरेको राईले बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?