Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा


१२ श्रावण, काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै कार्यान्वयन गर्ने बताए ।

प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

भेटमा समाजले मुलुक विकासका लागि नेपाली कांग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो । समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्लेले भने, “मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर कांग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।”

अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आजपनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पारे ।

भेटमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव डा वासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायत पदाधिकारी एवम् सदस्यको सहभागीता थियो ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?