Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

तिलोत्तमामा ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम


१२ श्रावण, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ ।

सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम सञ्चालन गरिने भएकाले नगरभित्रका विद्यार्थीले हरेक शुक्रबार पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ ।

पाठ्यपुस्तकरहित शुक्रबारअन्तर्गत नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई उच्च प्राथमिकता साथ अगाडि बढाउन प्रत्येक शुक्रबार कला, योग शिक्षा, साहित्य, सङ्गीत र खेलकुदका साथै सिर्जनात्मकरूपमा इमान्दारिता, अनुशासन, सदाचारितासम्बन्धी व्यवहारिक शिक्षा प्रदान गराउन नगरपालिकाले जोड दिएको हो ।

नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ का लागि प्रस्तुत एवं स्वीकृत गरिएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबारलाई नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार पाठ्यपुस्तकरहित सिर्जनात्मक सीप विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख थियो ।

यस्तै नगरपालिकाले सार्वजनिकस्थल तथा विद्यालय आसपास क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । नगर प्रमुख रामकृष्ण खाँणले जारी गर्नुभएकोे सूचनामा सार्वजनिकस्थल वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

“सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिकस्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा सय मिटरभित्रको घर वा पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने व्यवस्था छ ।”


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?