Trending
>>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड >>   नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल >>   वसन्तपुरमा श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माणको शिलान्यास (तस्बिरसहित) >>   बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

समाचार


संविधानविरोधी गतिविधि नगर्न महासङ्घको आग्रह

५ ,मङ्सिर ,काठमाडौँ । आदिवासी जनजाति महासङ्घ तथा विभिन्न जनजाती सङ्घ सङ्गठनले संविधान विपरीतका गतिविधि नगर्न सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । महासङ्घले आज संयुक्त पत्रकार सम्मेलन गरी लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्रका उपलब्धिप्रति वितृष्णा उत्पन्न गर्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरेको छ । आदिवासी जनजातिको पहिचानको मुद्दालगायत उत्पीडित जाति, वर्ग,

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। परिषदको मंगलबारको बैठकले उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान ,महेश शर्मा

उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

टिकटक प्रतिबन्धविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको माग अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कात्तिक २७ मा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । उक्त कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने

आज शेयर बजार २४ अङ्कले घट्यो

काठमाडौं। शेयर बजार आज मंगलबार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ भने सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका

रुपा तालमा १० हजार माछाका भुरा छाडिए

गण्डकी। विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् । ‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका

अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री रेखा थापा

काठमाडौं। केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् । “म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ रु भन्ने

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव हुँदै

काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मंसिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले जानकारी

सरकारले जलवायु अनुकूल हुने योजना मात्र स्विकार्छ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरू मात्र स्वीकार गर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइ उठाउनु पर्ने समेत बताए । उनले भने, ‘अबका विकासका कामहरूमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरू ल्याउने हो

सम्वन्धित समाचारहरु