Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज शेयर बजार २४ अङ्कले घट्यो


काठमाडौं। शेयर बजार आज मंगलबार झन्डै २४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८२ अङ्कले घटेर एक हजार आठ सय २९ दशमलव ६५ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ भने सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर भने आठ प्रतिशतले बढेको छ । त्यस्तै, बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?