Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु


काठमाडौं। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ सुरु भएको छ । उक्त कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सङले सभ्यताको सन्देश प्रवाह, शान्ति, विकास र क्रस हिमालय सांस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण सावित हुने अपेक्षा व्यक्त गरे । उनले मानव सभ्यताको विकास र प्रगतिका लागि चीन सदैव कटिबद्ध रहने बताए । त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक पढ्नु आफैलाई ताजगीकरण गरेकाले राज्यले पुस्तक नीतिलाई मस्यौदामा सीमित नराखी नीति जारी गर्न आग्रह गरे । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भारत र चीनजस्ता बढी जनसङ्ख्या र पठन संस्कृतिको छिमेकी रहेको नेपालले ठीक संस्कृतिलाई बढाएर विकास र समृद्धिमा टेवा दिन सक्ने बताए ।

उक्त कार्यक्रममा दृष्टिविहीनको स्वास्थ्योपचारमा ख्याती कमायेका डा. सन्दुक रुइतलाई सम्मान घोषणा गरिएको थियो । यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशसहितलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले जानकारी दिए ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?