Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सरकारले जलवायु अनुकूल हुने योजना मात्र स्विकार्छ : अर्थमन्त्री महत


काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरू मात्र स्वीकार गर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइ उठाउनु पर्ने समेत बताए । उनले भने, ‘अबका विकासका कामहरूमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरू ल्याउने हो भने मात्रै त्यसलाई सरकारले स्वीकार गर्छ । अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट नेपालको आवश्यकता सामान्य हो, जलवायु परिवर्तन आफ्नो कारण नभएर पनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको छ भन्ने विषयलाई उठाउनु पर्छ ।’ यस्तै, उनले जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा नेपालको तर्फबाट आवश्यक काम भइरहेको भन्दै अब अन्तर्राष्ट्रिय समुदायले आफ्नो स्तरबाट काम गर्नुपर्ने बताए । उनले भने, ‘जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा हामीले हाम्रो काम गरिरहेका छौ अब अन्तर्राष्ट्रिय समुदायले उनीहरूको आफ्नो स्तरको काम गर्नुपर्छ ।

कसैले पनि समस्या भोग्न नपरोस् भनेर सबैले सहयोग गर्नुपर्छ किनभने जलवायु परिवर्तनको कारणले हाम्रा हिमालहरूलाई प्रभाव पारिरहेको छ र यो प्रभावले नेपाललाई मात्रै होइन पूरै दक्षिण एसिया र संसारलाई प्रभाव पर्न सक्छ ।’ त्यसैगरी समस्या के हो भन्ने थाहा भइसकेको भन्दै अर्थमन्त्री महतले त्यसको समाधानको लागि ठोस कार्यक्रम, योजना र सहयोगको आवश्यकता भएको पनि बताए भने आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको हो । वन मन्त्रालयको आयोजनामा भएको सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?