Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले जलवायु अनुकूल हुने योजना मात्र स्विकार्छ : अर्थमन्त्री महत


काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरू मात्र स्वीकार गर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइ उठाउनु पर्ने समेत बताए । उनले भने, ‘अबका विकासका कामहरूमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरू ल्याउने हो भने मात्रै त्यसलाई सरकारले स्वीकार गर्छ । अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट नेपालको आवश्यकता सामान्य हो, जलवायु परिवर्तन आफ्नो कारण नभएर पनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको छ भन्ने विषयलाई उठाउनु पर्छ ।’ यस्तै, उनले जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा नेपालको तर्फबाट आवश्यक काम भइरहेको भन्दै अब अन्तर्राष्ट्रिय समुदायले आफ्नो स्तरबाट काम गर्नुपर्ने बताए । उनले भने, ‘जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा हामीले हाम्रो काम गरिरहेका छौ अब अन्तर्राष्ट्रिय समुदायले उनीहरूको आफ्नो स्तरको काम गर्नुपर्छ ।

कसैले पनि समस्या भोग्न नपरोस् भनेर सबैले सहयोग गर्नुपर्छ किनभने जलवायु परिवर्तनको कारणले हाम्रा हिमालहरूलाई प्रभाव पारिरहेको छ र यो प्रभावले नेपाललाई मात्रै होइन पूरै दक्षिण एसिया र संसारलाई प्रभाव पर्न सक्छ ।’ त्यसैगरी समस्या के हो भन्ने थाहा भइसकेको भन्दै अर्थमन्त्री महतले त्यसको समाधानको लागि ठोस कार्यक्रम, योजना र सहयोगको आवश्यकता भएको पनि बताए भने आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको हो । वन मन्त्रालयको आयोजनामा भएको सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?