काठमाडौं ।नेपाल राष्ट्र बैंकले वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्न लगेको छ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि एकैपटक अर्बौँ रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने
काठमाडौं ।दक्षिण कोरियाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा चार वर्षको जेल सजाय सदर गरेको छ । सर्वोच्च अदालतले बिहीवार प्रत्यक्ष प्रसारण गरिएको सुनुवाइमार्फत किमलाई यसअघि सोल उच्च अदालतले सुनाएको चार वर्षको कैद सजायलाई सदर गरेको हो । अदालतले उनलाई पाँच करोड वन (करिव
काठमाडौं ।प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रवार (आज) देखि जनकपुरधाममा शुरु हुँदैछ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य बढाउने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय
काठमाडौं ।जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ । महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ
काठमाडौं ।पाकिस्तानले फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै परीक्षण सफल भएको जानकारी दिएको हो । आईएसपीआरका अनुसार फतह–३ मिसाइलमा अत्याधुनिक नेभिगेसन र प्रोपल्सन
काठमाडौं ।जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले युरोपको ऊर्जा सुरक्षामा अजरबैजानको भूमिकाको प्रशंसा गर्दै दुई देशबीच आर्थिक तथा ऊर्जा सहकार्य विस्तारमा जोड दिएका छन् । बुधवार अजरबैजानको राजधानी बाकुको भ्रमणका क्रममा उनले अजरबैजानका विदेशमन्त्री जेहुन बेरामोभसँग भेटवार्ता गरेका थिए । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले ऊर्जा आपूर्तिमा अजरबैजानले गर्दै आएको विश्वसनीय
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित शहरका रूपमा विकास गर्न अभियान शुरु भइसकेको बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताउनुभएको हो । यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त
काठमाडौं । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा
काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनले आजै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावासको कार्यालय पुगेर आफ्नो पदभारसमेत ग्रहण गरेका छन् । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनका स्थानीय असर न्युनिकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रममा