Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

समाचार


‘४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्’

२५ वैशाख, जापान । जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो । उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू

भियतनामका पुर्वगृहमन्त्री तुआनको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट

२५ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ । अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको

सांसद अमरेशकुमार संसदमै खोले कपडा, सभामुखले दिए कारबाहीको चेतावनी

२५ वैशाख, काठमाडाैँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभाको बैठकमा अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभामा बोल्न नपाएपछि उनले कपडा खोलेर विरोध गरेका हुन् । उनको विरोध पछि सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

टर्किले अस्विकार गर्यो युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव

२५ वैशाख, एजेन्सी । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् । वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको

बागमती प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक बस्दै

२५ वैशाख, काठमाडाैँ । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ । आगामी प्रदेश सभाको

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

२५ वैशाख, काठमाडाैँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी

भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या

२५ वैशाख, भैरहवा । भैरहवाबाट काठमाडाैँका लागि उडेको श्री एयरलाइन्सको विमान बिच बाटोबाटै फर्काइएको छ । कलसाइन एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको हो । भैरहवा विमानस्थलमै अवतरण गरेपछि पनि जहाजमा फेरि समस्या देखिएको जानकारी दिइएको छ । विमानस्थलमा अवतरण भएपछि पाङ्ग्रा लक भएका

पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

२५ वैशाख, एजेन्सी । पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ । सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन

श्रीमानको हत्या अभियोगमा ४५ वर्षीया श्रीमती पक्राउ

२५ वैशाख, झापा । झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो । मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो ।

रसुवामा नेपाली सेनाको खोज उद्धार अभ्यास सम्पन्न

२५ वैशाख, रसुवा । विपद् व्यवस्थापनलाई प्रभावकारि बनाउन नेपाली सेनाले रसुवामा खोज तथा उद्धारको पुर्नरताजकी अभ्यास सम्पन्न गरेको छ । जिल्लाको भौगर्भिक अवस्था एवं अन्तर्राष्ट्रिय मार्गसमेत भएका कारण वर्षायाममा हुनसक्ने सवारी दुर्घटनाको साथै बाढी पहिराजस्ता प्रकृति विपद्ले पार्ने समस्या तत्काल व्यवस्थापन गर्न सेनाले सो अभ्यास मार्फत् दक्ष जन शक्ति तयार गरेको

सम्वन्धित समाचारहरु