Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा


१४ जेठ, काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रदर्शनी यही जेठ १५ गतेदेखि १५ दिनसम्म नाफा परिसर, बालमन्दिर, नक्साल र नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले नाफा परिसरमा उद्घाटन गर्ने सो प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, व्यङ्ग्यचित्र, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाका छ सयभन्दा बढी कलाकारका करिब सात सय कलाकृति रहने छन् ।

उद्घाटनका दिन सोमबार चार स्रष्टालाई सम्मान–पुरस्कार दिइनेछ भने सहभागी तिनै कलाकारमध्ये ३८ जना पुरस्कृत पनि हुँदैछन् । ‘अनुसन्धान, सिर्जना र सम्मान’ लक्ष्य बोकेको नाफाले गणतन्त्रलाई महोत्सव बनाउन गणतन्त्र दिवसलाई नै छानेर सोही दिनदेखि जेठ ३० गतेसम्म प्रदर्शनी गर्न लागेको नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए ।

“पन्ध्र दिनका अवधिमा कलाका विविध विषयमा विज्ञ, सम्बन्धित व्यक्ति तथा सरोकारवालासँग प्यानल डिस्कनसमेत हुनेछ”, थुम्केलीले भने ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?