Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद


१४ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताएका छन् । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री साउदले अब प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए । अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवालाई प्राथमिकता दिने बताए । हामी आगामी वर्षको बजेट ल्याउँदैछौ भन्दै उनले युवालाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट रहेको बताए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?