Trending
>>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

समाचार


कृषि विकास बैंक र हिमालयन बैंकबिच पिओएस मर्चेन्ट सम्झाैता, भुक्तानी प्रणाली सहज हुने दाबी

२४ जेठ, काठमाडाैँ । कृषि विकास बैंक र हिमालयन बैंक लिमिटेडबिच पिओएस मर्चेन्ट सम्झाैता सम्पन्न भएको छ। कृषि विकास बैंकको व्यवसायिक कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दुई बैंकले यो सम्झाैता गरेका हुन् । कृषि विकास बैक प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हिमालयन बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर

गरिबलाई झन् गरिब बनाउने गरी ल्याइएको कर नीतिको विरोध गर्छाैँ : रास्वपा सांसद् श्रेष्ठ

२४ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताएकी छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी कर नीति ल्याएको भन्दै त्यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत अवरुद्ध

सामान्य अङ्कले बढ्यो शेयर बजार

२४ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८

फिल्म ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

२४ जेठ, काठमाडाैँ । अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म 'कार्साङ'मा उनि अनुबन्धित भएका हुन् । फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा छांयाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायाङ्कन बाह्रबिसे नगरपालिका –६ र बाँकी

ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ

२४ जेठ, काठमाडाैँ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका

मृत्यु भइसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण !

२४ जेठ, तनहुँ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार दुई सय ३३ मृत्यु भएका व्यक्तिको

६ प्रतिशत आर्थिक वृद्धि सम्भव छैन : अध्यक्ष यादव

२४ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै यस्तो बताएका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको उल्लेख

कलेज प्रवेशको अति कठिन परीक्षामा एक करोड चिनियाँ विद्यार्थी सहभागी

२४ जेठ, एजेन्सी । विद्यालय शिक्षा पूरा गरेका एक करोड ३० लाख चिनियाँ विद्यार्थी कलेज प्रवेशको अति कठिन परीक्षामा सहभाागी भएका छन् । चार वर्षपछि भएको उक्त परीक्षा चीनमा गाओकाओका नामले परिचित छ । उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि

आधा घण्टाको दूरीमा झोलुङ्गे पुल बनाइने

२४ जेठ, काठमाडाैँ । ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा

मान्ममा बनाइएका अनाधिकृत संरचना हटाइँदै

२४ जेठ, कालीकोट । कालीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा

सम्वन्धित समाचारहरु