Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन


१५ असार ,लुम्बिनी । बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजदेखि ‘रक्त सङ्कलन मोबाइल एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । उक्त रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ ।

रगत सङ्कलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ । रोटरी क्लब अफ बुटवलले रक्त सङ्कलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रससमेतको साझेदारी रहेको छ ।

क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लबको परियोजना पछाडि धकेलिएको हो । रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रूपमा रहेको यो एम्बुलेन्स रु ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

यो एम्बुलेन्समा बसेर एकै पटकमा पाँच जनाले रक्तदान गर्न सक्छन् । उनले यसलाई सही ढङ्गले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्ने बताए । अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै रु १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको जानकारी दिए ।

रगत सङ्कलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताए । उनले अब यसको सञ्चालनमा लागि कार्यविधि निर्माण गरिने र सोहीअनुसार कार्यान्वयमा लगिने बताए । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र नभई रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्थासमेत एम्बुलेन्सभित्रै छ ।

रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत सङ्कलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ । रगत सङ्कलन एम्बुलेन्स ल्याइएपछि प्रतिकूल मौसममा समेत रगत सङ्कलन गर्न सहज हुनेछ । रक्त सङ्कलन एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको बताए ।

उनले बुटवलबासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको सहज उपचार कसरी गर्न सकिन्छ भन्ने कुरालाई महत्त्व दिएको भन्दै सरकारले बजेट उपलब्ध नगराउँदा र अस्पतालको आफ्नै आम्दानीको स्रोत खुम्चिँदा भने सेवा सञ्चालनमा कठिनाइ आइरहेको बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जनताको स्वास्थ्य अवस्था सहज बनाउन सरकारी अस्पतालको सेवालाई यस्ता कामले सहज हुने बताए ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?