Trending
>>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं

काठमाडौँ। नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रश्ताव गर्नुभएको छ । सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका छन् । उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए

संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचितः काँग्रेस

काठमाडौँ। नेपाली काँग्रेसले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । उनले संविधानको घेरा गैह्र संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए

सिमित व्यक्तिहरुको हातमा ऋण गएको गभर्नरको आशंका

काठमाडौँ। गभर्नर डा.विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गरे । बैंक तथा वित्तीय संस्थासम्बन्धि विधेयक बाफियामाथिको अर्थ समितिमा सोमवार भएको छलफलमा बोल्लै उहाँले यसबारे बाफियासम्बन्धि कानून बनाउँदा सांसदहरुले विचार पुर्यायाउन जरुरी रहेको बताए । उनका अनुसार हालैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण

निजामती कर्मचारीले दिए सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ। निजामती कर्मचारीका विभिन्न सङ्घ–सङ्गठनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको सङ्घीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरूले मन्त्रालयको मूल ढोकामा सोमवार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिएका हुन् । ट्रेड युनियन सञ्जालको नेतृत्वमा ११

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता भएकी छिन् । उनी सोमवार विहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किकी हुन् । उनी जेठ १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएकी हुन् । उनीसँगै नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठनको सहमति, आन्दोलन कायम

काठमाडौँ। सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरुबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । सोमवार गृहमन्त्रालयमा गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरुबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको हो । बैठकबारे जानकारी गराउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय

इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना

काठमाडौँ। आईतवार इराकमा तेल र ग्यास प्रविधि प्रदर्शनी शुरु भएको छ । जसमा ६६ अन्तर्राष्ट्रिय ऊर्जा फर्महरू सहभागी छन् । प्रदर्शनी तथा व्यावसायिक सेवाका लागि इराकी जनरल कम्पनीको एक विज्ञप्ति अनुसार उद्घाटन समारोहमा इराकी सरकारी अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र इराक र विदेशका ऊर्जा विज्ञहरूको उपस्थिति थियो । प्रदर्शनी तथा

नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब शुरु

काठमाडौँ। नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बनाउने प्रयास शुरु गरिएको छ । काठमाडौंमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका बेला भारतको राजधानी दिल्लीमा नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चले नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन प्रयास शुरु गरेको हो । आईतवार दिल्लीको प्रेस क्लव

इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान

काठमाडौँ। इटालीको फ्लोरेन्सको अर्नो नदीमा ड्रागन डुङ्गा दौड आयोजना गरिएको छ । यो कार्यक्रम फ्लोरेन्स विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले इटाली र सान मारिनोका अन्य धेरै कन्फ्युसियस इन्स्टिच्युटहरूको सहयोगमा आयोजना गरेको थियो । रोम, फ्लोरेन्स र पडुआ लगायतका शहरहरूबाट जम्मा ६० जना सहभागीहरूले तीन टोली बनाए । इटालियन झण्डाको साथ डुङ्गा महोत्सव

रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु

काठमाडौँ। रूसको ब्रायन्स्क ओब्लास्टमा भएको पुल विस्फोटमा ३ सय ८८ जना सवार यात्रुवाहक रेल पटरीबाट खस्दा सात जनाको मृत्यु भएको ब्रायन्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाजले बताएका छन् । आईतवार समाचार च्यानल रोसिया २४ मा बोल्दै बोगोमाजले पुल रेल गुडिरहेको बेला विस्फोट भएको बताए । मस्को रेल्वेले रिपोर्ट गरेको छ कि क्लिमोभबाट

सम्वन्धित समाचारहरु