Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

समाचार


प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट हेर्न नभ्याइनेमा

२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिए उक्त रिट आजका लागि हेर्न नभ्याइनेमा राखिएको हो । अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर

सकियो राष्ट्रपतिको मतदान

२५ फागुन, काठमाडाैँ । राष्ट्रपति पदका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान १० बजेबाट भएको मतदान पक्रिया दिउँसो ३ बजे सम्पन्न भएको हो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ । केही समयपछि मतगणना सुरू हुने निर्वाचन

भक्तपुरमा विदेशी नागरिकले गरे मूर्ति चोर्ने प्रयास

२५ फागुन, काठमाडाैँ । भक्तपुर दरबार क्षेत्रमा पुरातात्विक मूर्ति चोरीको प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे विदेशी नागरिकले मूर्ति चोर्ने प्रयास गरेका हुन् । उक्त आरोपमा एक इटालियन नागरिक पक्राउ परेका छन् । उनले आफूसँंग भएको चक्कुले मूर्ति निकाल्न खोजेको प्रहरीले बताएको छ । उनले राती

अभिनेत्री सुरक्षा पन्तले कसिन् प्रेमी मानवसँग लगनगाँठो

२५ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले विवाह गरेकी छिन्। बिहीबार उनले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी हुन् । बुधबार उनले प्रेमी मानवसँग इन्गेजमेन्ट गरेकी थिइन् । सुरक्षाले सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ ।

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

२५ फागुन, एजेन्सी। रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताएका छन् ।

‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने

२५ फागुन, काठमाडाैँ। यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले पुनः खुलाउन लागिएको हो । मागअनुसारको प्रिन्टर किन्न कसैको पनि निवेदन नपरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । आवेदन

ब्याजदर घटाउँदै बैंक

२५ फागुन, काठमाडाैँ। वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक

राष्ट्रपति निर्वाचन: ८२४ जनाले गरे मतदान

काठमाडौ : राष्ट्रपति निर्वाचनका लागि जारी मतदानमा ८२४ जनाले मतदान गरेका छन्। कुल ८८४ मतदातामध्ये दिउँसो २ बजेसम्म ८२४ जनाले मतदान गरेका हुन्। निर्वाचन आयोगका अनुसारसंघीय संसदतर्फ ३०९ जनाले र प्रदेशसभातर्फ ५१५ जनाले मतदान गरेका छन्। निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा

भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म छ सय ९४ मतदान

२५ फागुन, काठमाडाैँ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु

सम्वन्धित समाचारहरु