Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने


२५ चैत्र, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्नेभएको छ ।

सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए । नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखलाई आग्रह गरिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । आगामी आवको बजेट दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याउन लागेकाले आआफ्नो विभागका तर्फबाट सुझाव दिन आग्रह गरिएको उनको भनाइ छ ।

उनले भने, “आगामी आवका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव सङ्कलनको काम चलिरहेको छ, हाम्रो पार्टीले पनि आफ्ना कमिटीलाई पनि सुझाव सङ्कलनका लागि आग्रह गरेको छ, प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने छ”, उनले भने । विभागले विषय विज्ञलाई राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?