Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम


२५ चैत ,काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ ।

चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो । स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए ।

सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय र टोल बस्तीमा राष्ट्रियताका विषय तथा अन्य विशेष प्रकारका चलचित्र विद्यालय, कलेज तथा समुदायमा प्रदर्शन गरीएको हो ।

“चलचित्र हेर्ने संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । पहिलो चरणमा पूर्वका विभिन्न स्थानमा सम्पन्न कार्यक्रमबाट पाएको प्रतिक्रियाले उत्साहित भएका थियौँ”, अधिकृत रैखोलाले भने ।

चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रुपान्तरण, सामाजिक चेतना, शिक्षा र सन्देश प्रवाह गर्ने सशक्त माध्यम रहेको उनको भनाइ थियो । घुम्ती चलचित्रमा ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्निदहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?