Trending
>>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग रेस्क्यु टनेल

२२ ,श्रावण ,मलेखु । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो

२२ ,श्रावण ,सुरुङ्गा (झापा) । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो । कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु

सुन प्रकरण : एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर सिआइबीले थाल्यो अनुसन्धान

२२ ,श्रावण ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर एक सय किलो सुन तस्करी प्रकरणको आजदेखि औपचारिक रुपमा अनुसन्धान थालेको छ । आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा

प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

२२ श्रावण, काठमाडाैँ । प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउत २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक

आक्रोशित हुँदै रवि लामिछानेले भने – संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

२२ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु पर्ने अवस्थामा पनि संसद चल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले संसद नचलेर बार्गेनिङमात्रै चल्ने गरेको समेत बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, 'वर्षौं देखि देशलाई कसरी

वाणिज्य बैंकले कमाए ७० अर्ब बढी नाफा, कुन बैंकको कति ?

२२ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ । त्यस्तै गत

शीर्ष नेताको बैठक पुनः सुरु, एजेन्डा संसद सुचारू गराउने नै

२२ श्रावण, काठमाडाैँ । संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित सभामुखको कार्यकक्षम बैठक सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

घटेको घट्यै शेयर बजार

२२ श्रावण, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६

पूर्व फुटबल प्रशिक्षक श्रेष्ठको निधन

२२ श्रावण, वीरगञ्ज । फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो । करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराएका  श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र

नेपाल महिला सङ्घले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति केन्द्रीय समितिको आपत्ति

२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको हो । पत्रकार सम्मेलनमा सङ्घकी केन्द्रीय सदस्य

सम्वन्धित समाचारहरु