Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

नेपाल महिला सङ्घले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति केन्द्रीय समितिको आपत्ति


२२ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान अध्यक्षले विधान विपरीत १२ जिल्लाको जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षलाई वर्खास्त गरेको भन्दै विरोध जनाएको हो ।

पत्रकार सम्मेलनमा सङ्घकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रीता शाहीले सङ्घको विधान महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् । “पार्टीलाई एकढिक्का बनाएर सङ्गठन सुदृढीकरण अभियान सञ्चालन भइरहेको बेलामा यस्तो गतिविधि राम्रो होइन,” उनले भनिन् ।

महिला सङ्घको वर्तमान अध्यक्ष उषा राउत मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बाराका अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहाका अध्यक्ष बिमला निरौला, ताप्लेजुङका अध्यक्ष मीना गुरुङ, इलामका अध्यक्ष निर्मला सन्जेल, महोत्तरीका अध्यक्ष बिना तिवारी, रौतहटका अध्यक्ष भुवनी गिरी, कास्कीका अध्यक्ष कोपिला रानाभाट, झापाका अध्यक्ष सुशीला ढकाल र हुम्लाका अध्यक्ष विजया बुढालाई हटाएकी थिइन् ।

महिला सङ्घकी केन्द्रीय सदस्य डा अमिता प्रधान शाक्यले विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनःबहाली गर्न माग गरिन् । केन्द्रीय सदस्य छायाँ सुनारले महिला सङ्घको केन्द्रीय समितिको बैठक नै नबसी एकलौटी ढङ्गले आफ्नो गतिविधि अगाडि बढाएको आरोप लगाइन् । महिला सङ्घले विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक चाँडो राख्न, विधानसम्मत गठन नगरिएका सम्पूर्ण समिति, उपसमिति खारेज गर्न, विधानअनुसार साधारण सदस्य वितरण गर्नसमेत माग गरेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?