Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

आक्रोशित हुँदै रवि लामिछानेले भने – संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ


२२ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु पर्ने अवस्थामा पनि संसद चल्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले संसद नचलेर बार्गेनिङमात्रै चल्ने गरेको समेत बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’

संसदमा एमालेको निरन्तर विरोधका कारण संसद् बैठक स्थगित भइरहेको छ । सोमबार पनि सभामुख देवराज घिमिरेको सक्रियतामा तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । तर, अहिलेसम्म सहमित जुट्न सकेको छैन ।

एक क्विन्टल  सुन प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरिरहेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?