Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

आक्रोशित हुँदै रवि लामिछानेले भने – संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ


२२ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु पर्ने अवस्थामा पनि संसद चल्न नदिएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले संसद नचलेर बार्गेनिङमात्रै चल्ने गरेको समेत बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’

संसदमा एमालेको निरन्तर विरोधका कारण संसद् बैठक स्थगित भइरहेको छ । सोमबार पनि सभामुख देवराज घिमिरेको सक्रियतामा तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । तर, अहिलेसम्म सहमित जुट्न सकेको छैन ।

एक क्विन्टल  सुन प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरिरहेको छ ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?