Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो


२२ ,श्रावण ,सुरुङ्गा (झापा) । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो । कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्याएको थियो ।

तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए ।

कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमान्को कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

“स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो”, प्रहरी नायब उपरीक्षक कार्कीले भने । पूजाको बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनका श्रीमान् चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ । चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमान्बीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?