Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त

२३ श्रावण, काठमाडाैँ । टोकराज पाण्डे नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । अर्थ मन्त्रालयले साउन १० गते मन्त्री स्तरीय निर्णय गर्दै पाण्डेलाई टेलिकमको संचालक नियुक्त गरेको टेलिकमले विज्ञप्तीमार्फत जानकारी दिएको छ । श्रावण २२ गते उनले पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् । यसभन्दा अघि उत्तर कुमार

नेपाललाई ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह

२३ श्रावण, काठमाडाैँ । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । पर्यटन मन्त्रालयमा

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु

२३ श्रावण, काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो । यही साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा

जलविद्युत राष्ट्रिय प्राथमिकता हो भने लगानी त्यही अनुसार हुनुपर्यो : सांसद पौडेल

२३ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद प्रदीप पौडेलले जलविद्युतको विकासका लागि जलविद्युतसम्बन्धी साझा धारणा तय गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा आज स्वतन्त्र उर्जा उत्पादकहरको समस्या र समाधानका विषयमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयसँगको छलफलका क्रममा सांसद पौडेलले यस्तो बताएका हुन् । ‘जलविद्युत राष्ट्रिय प्राथमिकता

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति

२३ श्रावण, काठमाडाैँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । पछिल्लो समय न्यायको माग गर्दै आन्दोलित समितिसँग सरकारले पाँच बुँदे सहमति गरेको हो । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समितिको आन्दोलनप्रति ध्यानाकार्षण भएको भन्दै वार्ता गरेका थिए । सोही वार्ताको परिणामस्वरूप गृहमन्त्रालयले समितिका पदाधिकारीसँग

बाढीले बगायो नेपाल-भारत सीमास्तम्भ

२३ श्रावण, कैलाली । कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ । बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एउटा सीमास्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ७४८-३ नम्बरको सो सीमास्तम्भ पहिल्यैदेखि कटानको जोखिममा थियो । कटानको जोखिममा परेको सीमास्तम्भ जोगाउनका लागि नेपाल, भारत

कुईकाल्ले देवीको मूर्ति चोरी

२३ श्रावण, अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै

विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन

२३ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिए । मङ्गलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन

आईएस लडाकुद्वारा १० जना सिरियाली सैनिकको हत्या

२३ श्रावण, एजेन्सी । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् । युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ । सोमबार साँझ भएको उक्त आक्रमण छ

उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो रुस

२३ श्रावण, एजेन्सी । रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ। विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु