Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


भीम उपाध्यायलाई पक्राउ गर्न गुरुङ राष्ट्रिय परिषदको माग

११ ,भाद्र ,काठमाडौँ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमू ह्युल छोंज धीं गरुङ राष्ट्रिय परिषदले पूर्णिमा गुरुङको फोटो राख्ने कैलाली टिकापुरका सन्तोष रिजाल र भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको हो । फेसबुकमा चितवनकी पूर्णिमा गुरुङको फोटो राखेर तमू (गुरुङ्ग) जातिको परम्परागत चालचलन, खानपान, धर्म र संस्कृतीलाई आँच

धादिङबेसी रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

१० ,भाद्र ,मलेखु । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवीभ्याली पुग्ने सडक पैदल हिँड्नसमेत नसक्ने गरी अवरुद्ध भएको हो । खनियाबास गाउँपालिका–१ को पेर्चाेगाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ (जुगाडाँडा) भन्ने ठाउँमा पहिरो खसेको हो ।

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

१० ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन् । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उनले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताए । नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु

१० ,भाद्र ,कलकत्ता, पश्चिम बङ्गाल । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् ।

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै कालिका नगरपालिका

१० ,भाद्र ,चितवन । कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको ‘नगर प्रमुख विपन्न स्वास्थ्य

स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल

१० ,भाद्र ,काठमाडौँ । लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ

चामे क्षेत्रको घट्टे खोलामाथि काठेपुल निर्माण

१० ,भाद्र ,मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो । यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

१० ,भाद्र ,काठमाडौँ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक

ललिता निवास प्रकरण : किर्ते कसुरमा मुद्दा दायर

१० ,भाद्र ,काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो । सरकारी लिखत तथा दस्तखत

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

१० ,भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत

सम्वन्धित समाचारहरु