Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल


१० ,भाद्र ,काठमाडौँ । लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन ।

स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ ।

बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना साना व्यापारीले सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

“कोरोना महामारीपछि बैंकहरूले सहज ऋण दिँदैनन्, लगानी गर्ने रकम नपाएपछि उत्पादन बढाउन सकिएन, त्यसकारण बजारको माग धान्न सकिएन,” उनले भने ।

अध्यक्ष तामाङका अनुसार पुष्प नीतिहरू कार्यन्वयन हुन नसक्दा पनि लगानी विस्तार गर्न र उत्पादन बढाउन समस्या भएको हो ।

अघिल्ला आर्थिक वर्षमा कोरोना महामारीका कारण फूलको कारोबार कम भए पनि गत आवमा भने रु तीन अर्ब सात करोडको कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु ७७ करोडले बढी हो ।

कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/ ८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोलाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र रातो गुलाफ भने छिमेकी मूलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।

कोरोना महामारी अघि गुलाफ आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो समय यसको उत्पादन घढ्दै गएको कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मूल्य बढ्दै गएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा सर्सरी विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।

यस व्यवसायबाट ४४ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् ।

नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?