Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु


१० ,भाद्र ,कलकत्ता, पश्चिम बङ्गाल । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ ।

उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् ।

“अहिलेसम्म पाँच जनाको शव निकालिएको छ,” अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए ।

दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशङ्का गरिएको छ ।

यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ ।

घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?