Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल


१० ,भाद्र ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन् ।

जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उनले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताए ।

नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको बताए ।

“टुहुरेको गायकीले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरूद्ध आवाज उठाउन प्ररित गथ्र्यो, महिलाहरूलाई आफ्नो मुक्तिका निम्ति सङ्घर्ष गर्न प्रेरित गथ्र्यो, त्यसैले उहाँ न्यायप्रेमी जनसमुदायका बीच अजर अमर गायकका रूपमा स्थापित हुनुभयो”, उनले भने ।

“टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनतामा विद्रोह चेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो”, उनले भने, “बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिङ्गो जीवन ऊर्जाले भरिएको छ ।”

टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन उनको मुख्य विधा भएको बताए ।

“जतिबेला हामी राजनीतिक आन्दोलनमा सक्रिय भएर जनतालाई जागृत गर्न, सङ्गठित गर्न प्रयत्न गथ्र्यौँ, कोरा विचार प्रवाहबाट जनसमुदायलाई सङ्गठित गर्न निकै कठिन हुन्थ्यो”, उनले भने, “तर, जब साहित्यकार एवं सङ्गीतकर्मीको प्रस्तुति हुन्थ्यो, जनतामा विशेष प्रकारको अनुराग र आकर्षण हुन्थ्यो ।”

कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यक साधक अनिल पौडेललाई रु एक लाख राशीको पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले जनता तथा समाजको पक्षमा सिर्जना गर्न आफूलाई अझ प्रेरित गरेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले टुहुरेको स्मृति, जीवन र कार्यसमेत समाविष्ट गरी ‘जनबोलीका अविश्रान्त गायक जेबी टुहुरे’ स्मृतिग्रन्थ लोकर्पण गरेका थिए ।

पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ ।

विसं २००१ मा मोरङमा जन्मिनुभएका उहाँले सांगीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थापित गराएका थिए ।

पञ्चायती व्यवस्था र राजतन्त्रकाविरूद्ध सांस्कृतिक एवं सांगीतिक आन्दोलनको नेतृत्व गर्नुभएका टुहुरेका सयौँ कृति सार्वजनिक छन् ।

तीमध्ये ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौं दासी बनेर’लगायत गीतले उनलाई राष्ट्रिय गायकमा स्थापित गरेको थियो ।

२०७८ साल भदौ १० गते टुहुरेको निधन भएको थियो ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलगायत उपस्थित थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?