Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

सन्देशमुलक


कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

१३ चैत्र ,काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।

एकै दिन १६ जनामा कोरोना सङ्क्रमण

१२ चैत्र ,काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । चैत १० गते एक हजार

खाली गरियो ट्राफिक प्रहरीको पार्किङ

१२ चैत्र ,विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीको पार्किङसमेत खाली गराएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरू हटाएको हो । ट्राफिक प्रहरी कार्यालयअगाडि सवारी पार्किङ गर्दा

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

१२ चैत्र ,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए

बालविवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीतिक योजना बनाइँदै

१० चैत्र ,जुम्ला । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीका १० वटै जिल्लामा पुगेर बाल विवाह रोकथामका लागि प्रदेशस्तरीय रणनीति बनाउने भएको छ । बाल विवाह विषयमा रणनीतिक योजनाबारे जुम्लाका आठ वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत र महिला शाखाका प्रमुख र जिल्लाका सरोकारपालासँग छलफल गरेको सामाजिक विकास

दुर्घटना न्यूनीकरण गर्न चालक–यात्रु परिचय

१० चैत्र ,गलकोट । जिल्ला ट्राफिक कार्यालय बागलुङले गण्डकी प्रदेशमै पहिलोपटक दुर्घटना न्यूनीकरणको पृथक कार्यक्रम सुरु गरेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरेको हो । लामो दूरीको सवारी चलाउँदा यात्रुले चालक र सहचालकको परिचय आवश्यक रहेको भन्दै चालक–यात्रु परिचय कार्यक्रम थालेको जिल्ला ट्राफिक कार्यालय

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

१० चैत्र ,झापा। अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने

आगलागीजन्य विपद्को पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

९ चैत्र ,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ । प्राधिकरणले आज सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महिना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

९ चैत्र ,मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ । एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

९ चैत्र ,वालिङ । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सङ्घ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु

सम्वन्धित समाचारहरु