Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा


१२ चैत्र ,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए । “गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौँ”, उनले भने, “घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो ।”

तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई सङ्घीय सरकारले यातायात खर्चवापत रु दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप रु आठ सय उपलब्ध गराउने गरेको छ ।

अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो । पाँच वडा रहेको मङ्गलामा वार्षिक ७०–८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन् । कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ ।

नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ ।

कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताइन्‌ । गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहरा र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको उपाध्यक्ष अधिकारीले बताइन्‌ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?