Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन


९ चैत्र ,मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ ।

एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने छ ।

नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमूना सङ्कलन गर्न लागिएको हो ।

यही चैत १३ गतेसम्म च्याङ्ग्रा भुवा सङ्कलन तालिम र चैत १४ देखि २२ सम्म भुवाको नमूना सङ्कलन गरिनेछ । युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग सङ्घ, च्याङ्ग्रा पश्मिना किसान सङ्घ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गाउँपालिकामा यो तालिम तथा भुवा सङ्कलन कार्यक्रम सञ्चालन गरिँदैछ ।

उच्च गुणस्तरको ठानिएको नेपाली च्याङ्ग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुनसकेको थिएन । च्याङ्ग्रापालक कृषकबाट सङ्कलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ ।

कृषकका एक सय ६० गोठमा रहेका च्याङ्ग्राका बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनोट गरिनेछ । सङ्कलित नमूनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइने छ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लिमिटेडकी डा क्यारोल कर्भिङले आठ जना स्थानीय ऊन सङ्कलक किसानलाई ऊन कात्ने तालिम दिँदैछन् । तालिमका सहभागीले यसअघि सन् २०२२ मा गुणस्तरीय कश्मिरी ऊन कात्ने तालिम पाइसकेका छन् ।

“नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङ्ग्रा भुवाको नमूना सङ्कलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्यलाई मजबुत बनाउन यो च्याङ्ग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भुवा सङ्कलन कार्यक्रम आयोजना गरिएको हो”, प्रशिक्षक क्यारोलले भने ।

स्थानीयस्तरमा यस तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले सङ्कलित भुवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?