काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताउनुभएको
काठमाडाैं । कांग्रेसले सडक आन्दाेलनःको घोषणा गरेको छ। एक केन्द्रीय सदस्यका अनुसार प्रथम चरणमा शुक्रबार भृकुटीमण्डप बाट शुरू गर्ने र सहकारी प्रकरण प्रभावित सहरहरु पोखरा चितवन रुपन्देही हुदै देशभर आन्दोलन गर्ने रणनीति बनाउँदै छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् । ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले’, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘यो
काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो। थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरिएको छ। सिरोहियाले आफूलाई प्रतिशोध साध्दै पक्राउ
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन्। कति छ अरू मन्त्रीकाे सम्पत्तिः https://www.opmcm.gov.np/property-details/
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/05/रवि-लामिछाने.pdf"]
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली काँग्रेसका सांसदहरू उनलाई भेट्न पुगेका छन्।आजै धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो। १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । “हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गासिएको छ,
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको
काठमाडौं । पशुपतिको भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा आठ जना भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सात सहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले