Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्ः राष्ट्रपति


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार गर्नुभएको शिष्टाचार भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गासिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गभ्भिर बनोस भन्ने मेरो आग्रह छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरुबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताउनुभयो । ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी विमस्टेक क्षेत्रको साझा समृद्धिको महत्वकांक्षा पूरा गर्न सहयोग पु¥याउने उच्च संभावना भएको क्षेत्रहरु भएको उहाँको भनाइ थियो ।

सो अवसरमा महासचिव पाण्डेले जलवायु परिवर्तन विमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि विमस्टेकले काम गरिरहेको बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र भीसा सम्बन्धी विषयमा जनस्तरको सम्बन्धको क्षेत्रमा नेपालले नेतृत्वदायी र महत्वपूर्ण भूमिका निर्वाह गरिहेको बताउनुभयो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?