काठमाडौं। आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो
चितवन । सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्
काठमाडाैं । त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको छ।साहसिक खेल मात्र नभई उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ। भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।
काठमाडाैं । एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ। आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूकाे बैठक बसेको हो। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार,
काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका हुन्
काठमाडौं । प्रतिनिधिसभाको आइतबार अपराह्न ३ बजेका लागि तय भएको निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ । यसैगरी आइतबार
काठमाडौं । प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र