Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

मुख्य समाचार


विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सामान्य र कर्मकाण्डीः प्रकाश ज्वाला

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा सामान्य, कर्मकाण्डी भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भएका विषय

सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार्छौंः मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् । मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराएका छन्। उनले मिडिया काउन्सिल

देश सेन्टिमेन्ट र अभिनयले चल्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय शुरु भएको बताएका छन् । मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चोखो बन्ने अभिनय राजनीतिमा पनि शुरु भएको बताएका छन् । उनले नयाँ संस्करणको

सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्नुपर्छः मनिष झा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र सरकारको प्राथमिकता फरक भएको भन्दै सुशासनको विषयमा जोड दिन आग्रह

सिद्धान्त र प्राथमिकताबारे माओवादीः ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गरेका हुन् । सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त

गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस-सुन्तलीको दुःख हट्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताएका छन्। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताएका छन् । उनले उहाँले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले चितवनमा

आर्थिक सुधारलाई उच्च महत्व : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं ।त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने 'अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक

मुलुकमा केही भएन भन्नेहरुले एकपटक मेची–महाकाली भ्रमण गरे हुन्छःज्ञानेन्द्र कार्की

काठमाडौँ। नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा केही विकास भएन भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यस्तो भन्नेहरुलाई मेचीदेखि महाकालीसम्म भ्रमण गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले प्रयाप्त विकास नभएपनि सिमित स्रोत र साधनद्वारा नेपालमा

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

काठमाडौँ। सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने बताउनुभएको हो । उनले संवादमा ३ सय ५० जना सहभागी रहने जानकारी दिएकी छिन्। सगरमाथा संवादमा

संघीयता म्याद नाघेको औषधि : सांसद नेपाली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले मुलुकको संघीय प्रणाली म्याद नाघेको औषधिजस्तो भएको टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले विश्व व्यवस्था र अर्थतन्त्रको सिको गर्न खोज्दा नेपाल ग्रे लिष्टमा परेको टिप्पणी गरेकी छिन् । उनले मुलुकमा देखिएका समस्या समाधान गर्ने नाममा एकात्मक राज्यलाई संघात्मकतिर

सम्वन्धित समाचारहरु