Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

बाफियामा व्यापक सुधारको खाँचो छ : ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताएका छन् ।

बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् । सांसद कार्कीका अनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । उनका अनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्छ ।

सांसद कार्कीले भने ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ । जसले मुलुकको सुस्त रुपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । न्युन स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवशिय कार्यक्रम राखेर वाफिया विधेयकमा छलफल गर्नुपर्छ । बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्कीएका छन । जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण लिदैनन् । तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’

उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताए । सांसद कार्कीका अनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाई छ ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?