Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता


काठमाडौँ। नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गरे । समझदारीसँगै निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद कार्यक्रमको विकास, प्रवद्र्धन र समन्वयका लागि संयुक्त कार्य संरचना स्थापना गर्ने उद्देश्य लिइएको छ । विद्यार्थीमा शारीरिक स्वास्थ्य, सामुहिक भावना, अनुशासन र समग्र व्यक्तित्व विकासको लागि खेलकुदको महत्व महत्वपूर्ण रहेको प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । सम्झौताअन्तर्गत पूर्वाधार विकास, प्रतियोगिता आयोजना, प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवद्र्धनमा सहकार्य गरिने बताएका छन् ।

निजी तथा आवासीय विद्यालयहरुमा विद्यार्थीको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा एनएसएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कमब्याट गेम्स, आइएसएफ प्याब्सन गेम्स र स्कुल प्राइमर लिग लगायतका प्रतियोगिताहरु संयुक्त रुपमा आयोजना गरिने बताए । निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने, युवा खेलाडीलाई पहिचान गरी उनीहरुलाई विशेष तालिम र प्रतिष्पर्धामार्फत विकास गर्न आवश्यक अवसरहरु प्रदान गर्ने उद्देश्य राखिएको छ । सम्बन्धित पक्षहरुले खेलकुद कार्यक्रमहरुको लागि आवश्यक आर्थिक तथा भौतिक श्रोतहरुको परिचालनमा सहकार्य गर्नेछन् ।

सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गरी श्रोत जुटाउने काम गरिने उनको भनाइ छ । कार्यक्रमहरुको प्रभावकारिता सुनिश्चित गर्न नियमित रुपमा संयुक्त अनुगमन तथा मूल्यांकन प्रणाली लागू गर्ने पनि जानकारी दिए । आवश्यक सुधार र रणनीतिहरुको पुनरावलोकन समय समयमा गरिने बताए । सम्झौता आजैबाट प्रारम्भ हुने र तीन वर्षको लागि मान्य हुने बताइएको छ । पक्षहरुको पारस्परिक सहमतिमा यसको अवधि नविकरण गर्न सकिने र कुनैपनि पक्षले सम्झौता समाप्त गर्न चाहे कम्तीमा ३० दिन अगाडि लिखित सूचना दिनुपर्नेछ ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?