Trending
>>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

छुरा प्रहार गरी एक वृद्धको हत्या


 जनकपुर। उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ ।

बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन् । वासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेको प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताए ।

छुरा प्रहारबाट घाइते वासुदेवको अस्पताल ल्याउंदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना पश्चात आरोपित बेचन फरार भएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?