Trending
>>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मुख्य समाचार


मधेस प्रदेशमा एमालेको सरकारले गरेका सम्पूर्ण निर्णयहरु बदर गर्ने निर्णय

काठमाडौँ। मधेस प्रदेश सरकारले मिति कार्तिक २३ देखि मंसिर १७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसँग सम्बन्धित निर्णयहरू बदर गरेको छ । कार्तिक २३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूवाट भएका कर्मचारीहरूको सरुवा, काज,

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष आचार्यले गरे पदभार ग्रहण

काठमाडौँ। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष डा. कुमार शर्मा आचार्यले पदभार ग्रहण गरेका छन् । आईतवार नियुक्ति पत्र बुझेलगत्तै सञ्चार ग्रामस्थित कार्यालयमा पुगरे अध्यक्ष आचार्यले पदभार ग्रहण गरेका हुन् । सरकारले गत सोमवार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सरोकारवालासँगको सहकार्यमा आमसञ्चार माध्यमहरुलाई

सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्‍योः उपसभामुख राना

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाएकी छिन्। संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताएकी छिन् । उपसभामुख रानाले सरकारले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आठ अर्ब ३६ करोडको भ्रष्टाचार भएको निष्कर्शसहित तत्कालीन मन्त्रीहरू रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएका छन् । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरेका छन् । उनले भ्रष्टाचारीहरुले देशलार्य नराम्रोसँग डसिरहेको भन्दै

मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गरेका छन् । जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गरेका छन् । युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि बोल्ने

अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताएका छन् । शनिवार जनकपुर धाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले मधेसमा काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरुबीच समिकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने विश्वास

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिईरहेको बताएका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गरेका छन् । उनले सम्पती

नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक

काठमाडौँ। चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँस्थित साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन् । नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि सहितको टोलीले संघीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सचिवसंग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको

चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभएपनि कुनैपनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाई थियो । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि

सम्वन्धित समाचारहरु