काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । यसको माओवादी केन्द्रले विरोध गर्ने बताए । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण
काठमाडौँ। सरकारले फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको मन्त्रिस्तरीय निर्णयले नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न गराउन इच्छुक व्यक्ति कम्पनी वा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कर्मचारीले कुनै पार्टीको लागि नभइ समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए । देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई
काठमाडौँ। पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाईन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ । सिचुवान एयरलाईन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरुलाई धेरै सहज हुने उनले बताए ।
काठमाडौँ। सरकारले भुक्तानी तथा फस्र्यौट ऐन–२०७५ लाई संशोधन गर्ने भएको छ । सरकारले उक्त ऐन लाई संशोधन गर्ने उद्देश्यले ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) ऐन, २०८२’ को मस्यौदा अर्थमन्त्रालयले तर्जुमा गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको बुँदा नं. ३२२ मा नेपाल राष्ट्र बैंक सम्बन्धी कानूनमा सामयिक
काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बिहीवार गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । दज्र्यानी चिन्ह लिँदै उनले सरकारले दिएको
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको आयोजनामा बिहीवार भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा कति सहकारीहरु सञ्चालन
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन
काठमाडौँ। नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन् । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले
काठमाडौ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रश्तुत गर्न नमिल्ने बताएका छन् । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गरेका हुन् । बुधवार पार्टी मुख्यालय च्यासलमा विधान महावेशनबारे