Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु


रेनु दाहालको प्रतिक्रिया: “कामले मन जितें, मतले जित्न सकिनँ”

चितवन। प्रतिनिधिसभा निर्वाचन चितवन–३ मा पराजित भएपछि उम्मेदवार रेणु दाहालले जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले करिब ३० वर्षको राजनीतिक यात्रामध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले नौ वर्ष समर्पित गरेको उल्लेख गरिन्। बाँकी कार्यकाल हुँदाहुँदै पनि राम्रो नीति निर्माणका लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनले बताइन्।

दाहालले निर्वाचित भएकी सोबिता गौतमलाई बधाई दिँदै चितवनको विकास र जनताको हितका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै चुनावमा विश्वास गरेर मतदान गर्ने मतदाता तथा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेकी छन्।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?