काठमाडौँ। सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । सोमवार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा यसबारेमा जानकारी गराइएको हो । सरकारले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बताउनु भयो । उहाँकाअनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका
काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउदै उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताएका छन् ।
काठमाडौँ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् । सोमवार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताउदै स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदुत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदुतहरुको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनैपनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्न नहुने
काठमाडौँ। मधेस प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । तत्कालिन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्शानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वागमती नगरपालिका सर्लाहीमा तत्कालिन वागमती नगरपालिका प्रमुख भरतकुमार थापा, उपप्रमुख
काठमाडौँ। कञ्चनपुरका सामाजिक अभियन्ता राजुसिंह खड्का ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवालाई समेत लोक सेवामा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। अभियन्ता खड्काले लोक सेवा आयोगले आर्थिक रूपमा विपन्न समुदायका ब्राह्मण, ठकुरी, क्षेत्री समुदायका युवाहरूलाई समेत आरक्षण दिनुपर्ने भन्दै अनशन सुरु गरेका हुन्।
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताएका छन् । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले बिरुद्ध अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताएका छन् । एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत 'निलम्बन'को घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् । शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेतको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् । बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका