Trending
>>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

लुटपाटमा संलग्न पाँच जना पक्राउ


काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका-३ घर भएका ३० वर्षीय राजु तामाङ र रामेछाप मन्थली नगरपालिका-१६ घर भएका ३० वर्षीय राजकुमार माझी रहेका छन् ।

काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई अपरिचित व्यक्तिहरूले डर त्रास तथा धाक धम्की दिई निजको साथमा रहेको नगद ४५ हजार रूपैयाँ लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं गौशालाबाट लुटपाट गरेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १६ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?