Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मुख्य समाचार


महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारकाे पदबहाली

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गर्नुभएको छ । माघ ३ गतेको मन्त्री परिषदको निर्णय अनुसार उहाँ राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आउनुभएको हो । यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर जानुभएको छ ।

टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनील पौडेल र विकल पौडेल पक्राउ !

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ। गैरकानुनी सम्पत्ति आर्जनमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि दुवैजनालाई हिरासतमा लिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार बुधबार उनीहरूको निवासबाटै पक्राउ गरी हिरासतमा राखेकाे छ। दुवैजनामाथि गैरकानुनी सम्पत्ति आर्जन

हिजोका दिनमा बैङ्कको लगानी ठीक ठाउँमा भएन: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर

तथ्यमा आधारित विकास र समाज निर्माणका लागि महानगरकाे अनुसन्धान शोधवृत्ति

काठमाडाैं । आज (एक्काइसौँ शताब्दी) को विकास पद्धति र सामाजिक व्यवस्था ज्ञानमा आधारित हुनुपर्छ । यसप्रकारको ज्ञान शोधमूलक कार्य (अनुसन्धान) बाट प्राप्त हुन्छ । विकास निर्माण र विकास व्यवस्थापन तथ्यमा आधारित बनाउन हाम्रो प्रयास जारी छ । हामी चाहन्छौँ, ज्ञानको खोजी र अनुसन्धानको महत्व अझै बढोस् । यसका लागि काठमाडौँ

राष्ट्रपतिद्धारा अधिवेशन आह्वानसँगै संसद् सचिवालयको सांसद्लाइ पत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार २२ माघमा अधिवेशन आह्वान गरेका हुन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ९३ को उपधारा ९१० अनुसार राष्ट्रपति समक्ष अधिवेशन आह्वानका लागि सिफारीस गरेको थियो ।

राष्ट्रपतिले गरे २२ माघमा संसद बैठक आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् । उक्त संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा

नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौं महानगरको पुनः ताकेता

काठमाडौं। नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौं महानगरपालिकाले पुनः ताकेता गरेको छ । नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै महानगरले सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो । ‘प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका वडा नं

नेपाल विद्यार्थी सङ्घले रोवर्ट भिडाउने

काठमाडौं। नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोवर्टको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारेका छन् ।

सम्वन्धित समाचारहरु