काठमाडौँ। नेपाल उद्योग परिसंघ (सिएनआई) ले चैत्र ३ गते काठमाडौंमा वुमेन लिडरसिप समिट २०२५ सञ्चालन गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर परिसंघले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेश अग्रवालले परिसंघले दोस्रो अन्तर्राष्ट्रिय स्तरको वुमेन लिडरसिप समिट २०२५ आयोजना गर्न लागेको बताएका छन् ।
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउदै राजावादीहरु सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका छन् ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउदै आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको बताउदै पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौति समेत दिएका
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउदै वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए । उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउदै यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको
काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।
काठमाडौँ। कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको तथ्यांकअनुसार निर्यात उल्लेख्य बढेको हो । यो अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी
काठमाडौँ। कानूनविद् काशीराज दाहालले संवैधानिक आयोगमार्फत राज्य निकायमा ल्याउन खोजिएको वर्ग आउन नसकेको बताएका छन् । उनले संवैधानिक आयोगहरु राजनीतिक नेतृत्वको आफन्त भर्ती केन्द्र भएको बताउंदै आयोगहरुको वर्गिकरण गरेर पुनः परिभाषित गर्न जरुरी रहेको र मुलुकमा समावेशीकरणको अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै नपुगेको बताएका छन् । उनले
काठमाडौँ। अधिवक्ता रामनारायण बिडारीले संसदकै कमजोरीको कारण आयोगहरुले प्रभावकारी काम गर्न नसकेको बताउदै राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त रहेको बताउनु बताएका छन् । बिडारीले राजनीतिक दलबाट आयोगमा गइसकेपछि पदाधिकारी निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । उनले संसदले संवैधानिक आयोगहरुको अनुगमन गर्नसक्ने अधिकार दिएको भएपनि