Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा


काठमाडौँ। सत्य निरूपण तथा मेलमिलाप आयोग, नेपालका अध्यक्ष महेश थापाले आफूहरूको सन्देश सबै पालिकामा पुगोस् भन्ने सोच राखेको बताएका  छन् ।

शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र आयोगहरूको भावी कार्य योजना बारे छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आयोगले तीन महिनाको अवधि दिएर नयाँ उजुरी सङ्कलन गर्ने काम थालेको छ । उनले आफूले निर्देशन नभई सहजीकरण बाट काम गर्ने विश्वास व्यक्त गरे । उनले आयोगको सूचना तथा सन्देश ७७ वटै जिल्लाहरूमा पुगेको बताए । उनले उजुरी के कति आउँछन् भन्दा पनि उक्त सूचना देशभरका सबै पालिकाहरूसम्म पुगोस् भन्ने चाहेको बताए ।

उनले भने “अहिलेसम्म मैले निर्देशित होइन कि, मैले खोज्दा पनि नपाएको अवस्था छ कि ? मैले निर्देशन माग्दिन सहजीकरण गर्छु । सहजीकरण पाइराको छैन कि, त्यो पनि बिस्तारै होला । हामीले त्यसलाई पालिकासम्म पुगोस् भन्ने सोच राखेका छौँ, ७७ वटै जिल्लाहरूमा पुगेको होला हाम्रो सन्देश । कति पीडित होलान्, कति आउला, नआउला दोस्रो अर्को पक्ष भयो । तर, प्राइमरी कुरा के हो भने ७७ वटै जिल्ला र अन्य पालिकाहरूमा हाम्रो सन्देश पुगोस् भन्ने सोच छ ।”

उनले आयोगको काम अड्किएको कुरामा दुई मत नरहेको तर कामै भएको छैन भन्नु सही नभएको बताए । उनले केही काम आफूहरूले चाहँदा पनि हुन नसकेको बताए।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?