Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा


काठमाडौँ। सत्य निरूपण तथा मेलमिलाप आयोग, नेपालका अध्यक्ष महेश थापाले आफूहरूको सन्देश सबै पालिकामा पुगोस् भन्ने सोच राखेको बताएका  छन् ।

शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र आयोगहरूको भावी कार्य योजना बारे छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आयोगले तीन महिनाको अवधि दिएर नयाँ उजुरी सङ्कलन गर्ने काम थालेको छ । उनले आफूले निर्देशन नभई सहजीकरण बाट काम गर्ने विश्वास व्यक्त गरे । उनले आयोगको सूचना तथा सन्देश ७७ वटै जिल्लाहरूमा पुगेको बताए । उनले उजुरी के कति आउँछन् भन्दा पनि उक्त सूचना देशभरका सबै पालिकाहरूसम्म पुगोस् भन्ने चाहेको बताए ।

उनले भने “अहिलेसम्म मैले निर्देशित होइन कि, मैले खोज्दा पनि नपाएको अवस्था छ कि ? मैले निर्देशन माग्दिन सहजीकरण गर्छु । सहजीकरण पाइराको छैन कि, त्यो पनि बिस्तारै होला । हामीले त्यसलाई पालिकासम्म पुगोस् भन्ने सोच राखेका छौँ, ७७ वटै जिल्लाहरूमा पुगेको होला हाम्रो सन्देश । कति पीडित होलान्, कति आउला, नआउला दोस्रो अर्को पक्ष भयो । तर, प्राइमरी कुरा के हो भने ७७ वटै जिल्ला र अन्य पालिकाहरूमा हाम्रो सन्देश पुगोस् भन्ने सोच छ ।”

उनले आयोगको काम अड्किएको कुरामा दुई मत नरहेको तर कामै भएको छैन भन्नु सही नभएको बताए । उनले केही काम आफूहरूले चाहँदा पनि हुन नसकेको बताए।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?