Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटेर बजेट आएको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही कुराहरु भने प्राथमिकता दिएर राखेका पनि नसमेटिएको बताए । उनले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताए । निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको बताए । अनपपुलर हुने डर नराखि सरकारले राम्रो निर्णयसहित बजेट ल्याएको बताएका छन् । टिकटमा भ्याट नलाग्ने कुराको व्यवस्थामा सरकारले जोड दिन नसकेको उनले बताए ।

अध्यक्ष ढकालले भने, ‘हामीले दिएका अधिकांश सुझाव बजेटमा समेटिएका छन् । केही कुराहरु एकदमै प्रायोरिटी दिएर राखिएको कुराहरु समावेश भएको छैन । बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएर निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छ । सरकारले राम्रो डिसिजन गर्न अनपपुलर हुने डर नराख्नुस् भनेको थिएँ । पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । डिटिएसको कुरा र टिकटमा भ्याटको कुराले हाम्रो यहाँको सर्भिस महंगो भएर बाहिरबाट टिकट लिने भएकाले त्यसलाई प्राथमिकता दिइएको देखिएन । हाइड्रोपावरको डेभलपमेण्ट, यहाँको सिमेन्ट, फलाम युज गर्ने, यहाँका मान्छे प्रयोग गर्ने, यसमा प्राथमिकता दिनुपर्ने बेला हो ।’

अध्यक्ष ढकालले बजेटले ६ प्रतिशतको आर्थिक ग्रोथको लक्ष्य लिएको भन्दै कार्यान्वयन गरेको खण्डमा सम्भव रहेको बतए । सुशासनको प्रत्याभुति दिलाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?