Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटेर बजेट आएको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही कुराहरु भने प्राथमिकता दिएर राखेका पनि नसमेटिएको बताए । उनले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताए । निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको बताए । अनपपुलर हुने डर नराखि सरकारले राम्रो निर्णयसहित बजेट ल्याएको बताएका छन् । टिकटमा भ्याट नलाग्ने कुराको व्यवस्थामा सरकारले जोड दिन नसकेको उनले बताए ।

अध्यक्ष ढकालले भने, ‘हामीले दिएका अधिकांश सुझाव बजेटमा समेटिएका छन् । केही कुराहरु एकदमै प्रायोरिटी दिएर राखिएको कुराहरु समावेश भएको छैन । बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएर निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको छ । सरकारले राम्रो डिसिजन गर्न अनपपुलर हुने डर नराख्नुस् भनेको थिएँ । पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । डिटिएसको कुरा र टिकटमा भ्याटको कुराले हाम्रो यहाँको सर्भिस महंगो भएर बाहिरबाट टिकट लिने भएकाले त्यसलाई प्राथमिकता दिइएको देखिएन । हाइड्रोपावरको डेभलपमेण्ट, यहाँको सिमेन्ट, फलाम युज गर्ने, यहाँका मान्छे प्रयोग गर्ने, यसमा प्राथमिकता दिनुपर्ने बेला हो ।’

अध्यक्ष ढकालले बजेटले ६ प्रतिशतको आर्थिक ग्रोथको लक्ष्य लिएको भन्दै कार्यान्वयन गरेको खण्डमा सम्भव रहेको बतए । सुशासनको प्रत्याभुति दिलाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?