Trending
>>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन्
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेनः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताए । उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताएका हुन् । बजेटमा उद्योगीहरुलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताए । दुई ठूला राजनतिक दलहरुको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको बताए ।

उपमहासचिव शर्माले भने, ‘केही नयाँ कुराहरु त आएका छन् । नयाँ कुरा सँगसँगै निर्यात भन्दा आयात १० गुणा गर्ने आजको हाम्रो अवस्था छ । त्यो १० गुण आयातको अवस्थालाई बदल्नका लागि त्यसलाई सन्तुलनतिर लैजानका लागि वा हाम्रा निजी क्षेत्रहरुलाई हाम्रो साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्ला ? तपाईंहरुलाई त्यतातिर लैजान केही सहुलियत, किसानसँग तपाईंहरुलाई जोड्ने कार्यक्रम, हाम्रा श्रोत, साधानसँग जोड्ने कार्यक्रम बजेटमा खोजिरहेको छु । मैले नभेटेको पनि हुनसक्छ । नेपालको जुन वर्तमान आर्थिक प्रणाली, कार्यान्वयनको संरचना छ, जुन तरिका छ, त्यसको पुनःसंरचना जरुरी छ । दुई ठूला पार्टीको शक्तिशाली सरकार छ । त्यस अर्थको अपेक्षा होला । सायद त्यस्तो सरकारको अर्थमन्त्री थिइन, मैले सकिन होला । अहिले त हाम्रो अर्थमन्त्रीजी त धेरै शक्तिशाली हो नि ।’

उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्नसके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौति रहेको बताए । बजेट आज चाहिएको जस्तो नभएको जिकिर गरे । अर्थतन्त्रको विस्तार, समृद्धिका लक्ष्यहरु पूरा गर्न बजेटले नसक्ने बताए ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?